९ जिल्लामा देखियो हैजा संक्रमण, सबैभन्दा धेरै ललितपुरमा

९ जिल्लामा देखियो हैजा संक्रमण, सबैभन्दा धेरै ललितपुरमा


काठमाण्डु– नेपालमा पछिल्लो २ महिना यता हैजा संक्रमितको संख्या बढेको छ ।

साउनयता देशभरका ९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको हो ।

९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

ललितपुरमा सबैभन्दा धेरै ५४ जना संक्रमित रहेका छन् भने काठमाडौंमा र रौतहटमा १२–१२ जनामा हैजा पुष्टि भएको छ ।

यस्तै कैलालीका ८ ,प्युठानका २, मकवानपुरका १ जना, रोल्पाका ४, सिन्धुपाल्चोकका १ र अछामका १ जनामा जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।