‘हाम्रो सोच हाम्रो भविष्य’ काे नयाँदिल्लीमा बार्षिक उत्सव सम्पन्न

‘हाम्रो सोच हाम्रो भविष्य’ काे नयाँदिल्लीमा बार्षिक उत्सव सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बझाङी समाजकाे सहयाेगमा ‘हाम्रो सोच हाम्रो भविष्य’ नामक संस्थाले भारतकाे नयाँदिल्ली स्थित तिलक नगरमा मनाएकाे छ । प्रवासी नेपालीहरुको हितको लागि प्रवासमा वसेर पनी समाजसेवा निरन्तर बढाउदै अाएकाे याे संस्थाले भारतमा नै बार्षिक उत्सव मनाएकाे हाे ।

क्यानसर पिडित आन्नद दर्जिको ४ बर्षका छाेरालार्इ सँस्थाले  आर्थिक संकलन गरी सहयाेग गरेकाे थियाे ।  संस्थाकाे पहलमा १३ वर्षिय वालिका भारतको पन्जाववाट उद्दार गरेर नेपाल फर्काउने अहम भुमिका हाम्रो सँस्थाले गरेको थियाे । वझाङ जिल्ला प्रशासन, महिला अधिकार मन्च, महिला विकास महिला सेलले समेत पक्राउ गर्न नसकेको अभियुक्तलाई संस्थाकाे पहलवाट  कानुनको दायरामा ल्याउन संस्था सफल भएकाे संस्थाका महासचिव विजय थापा हसिनले दावी गरे ।
प्रवासमा बसेर पनी नेपालीहरुले संस्था मार्फत जनचेतनामुलक कार्यक्रम गरेर मानव वेचविखन बिरूद्व सक्रिय रहेकाे याे सँस्थाले अाफ्नाे वार्षिक उत्सव तथा साँस्कर्तिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे अायाेजकले जनाएकाे छ।