संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता हो – मन्त्री चुमान

संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता हो – मन्त्री चुमान


पोखरा– प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताएका छन् ।

तमु ह्युला छोजधिं गुरुङ राष्ट्रिय परिषद् नेपालद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो समयको संघर्षको जगमा प्राप्त संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेश सभा सदस्यकै काँधमा रहेको उल्लेख गरे ।

संघीयता कार्यान्वयसँंगै मुलुकका विविधतालाई सम्बोधन गर्न सकिने उल्लेख गर्र्दै उनले भने, “यसलाई सबै जातजाति, धर्म, पेशा र वर्गका मानिसले अपनत्व महसुश गर्ने बनाउनुपर्छ ।” नेकपा एमालेका अञ्चल सचिव एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउन सके मात्र जनताले वास्तविक संघीयताको अनुभूति गर्ने उल्लेख गरे ।

नेपाली काँग्रेसका नेता एवम् प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न वामगठबन्धनलाई आग्रह गर्दै आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । रासस