पशुपतिनाथ आधारभूत विध्यालयका प्र.अ. जोशीको बदमासी, विद्यालय नआइ हाजिर लाग्छ

पशुपतिनाथ आधारभूत विध्यालयका प्र.अ. जोशीको बदमासी, विद्यालय नआइ हाजिर लाग्छ


काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिका-११ स्थित पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापकले विद्यालय नआई हाजिर लगाएको पाइएको छ ।

परशुराम नगरपालिकाको वडा न. ११ स्थित पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक हरि दत्त जोशीले आफू विद्यालय नआएको दिनको पनि हाजिर लगाएको पाइएको हो ।

जोशीले भाद्र १४ गतेबाट २१ गते सम्म विद्यालयमा आफूखुसी विद्यालय बिदा दिएर आफैले १६ गते सम्मको हाजिर १४ गते लगाएर गएको एक शिक्षकले बताए ।

उनका अनुसार प्र.अ. जोशीले  सरकारले कुनै पनि सार्वजनिक बिदा नदिएको समयमा विद्यालयमा आफूखुसी बिदा दिएर आफ्नो हाजिर लगाएका हुन् । प्र.अ. जोशी आजसम्म पनि विद्यालय आएका छैनन् । सो विद्यालयका व्यवस्थापन अध्यक्ष दान बहादुर कुँवरले प्र.अ. जोशीमाथि लागेको आरोप साचो भएको पुष्टि गरे ।

काठमाण्डुपाटीसँगको कुराकानीमा अध्यक्ष कुँवरले भने, ‘मैले पनि हिजो मात्रै यो कुरा थाहा पाएको हुँ । उहाँले आफूखुसी विद्यालय बन्द गर्नुभएको कुरा सत्य हो । अर्को कुरा आफैले १६ गते सम्मको हाजिर १४ गते नै लगाएर बिदामा बसेको पनि पाइएको छ । उहाँलाई हामीले फोन गरेर विद्यालय आउन आग्रह गरिरहेका छौँ । तर, उहाँले हामीले भनेको टेर्नु हुँदैन । सायद उहाँलाई यीनीहरुले केही गर्न सक्दैनन् की जस्तो लागेको छ ।’

उनले यसभन्दा  अगाडि पनि प्र.अ. जोशीले यस्तै लापरबाही गर्ने गरेकोसमेत खुलासा गरेका छन् । प्र.अ. जोशीको कारण पशुपतिनाथ आधारभूत विद्यालयको बदनाम हुने गरेको पनि अध्यक्ष कुँवरको भनाई छ ।