रेनुलाई हर्कको जवाफ : तपाईँका बा प्रधानमन्त्री हुँदा बजेटनै दिएनन् त, मैले के गर्नु ?

रेनुलाई हर्कको जवाफ : तपाईँका बा प्रधानमन्त्री हुँदा बजेटनै दिएनन् त, मैले के गर्नु ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  प्रचण्ड प्रधानमन्त्री हुँदा धरानको विकासको लागि बजेट नै विनियोजन नगरिदिएको बताएका छन् । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेयर साम्पाङसँग ठूला योजनामा काम गर्ने भिजन नभएको भनेपछि उनलाई जवाफ दिँदै साम्पाङले प्रचण्डले बजेट नदिएको बताएका हुन् । 

गत शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा रेनुले मेयर साम्पाङले ठूला योजना गर्न नसकेको, भिजन नै नरहेको लगायतका टिप्पणी गरेकी थिईन् ।

उक्त टिप्पणीको खण्डन गर्दैै साम्पाङले तपाईँका बुबा प्रधानमन्त्री हुँदा सप्तकोसीकाे पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइए त मैले के गर्ने ? भनेर प्रश्न गरेका छन् । 

यस्तै उनले ‘एयरपोर्ट माग्दा तपाइँकै पार्टीको सुदन किराती र तपाइँकै बुबाले विराटनगरमा छँदैछ किन चाहियो धरानमा’ ? भनेर प्रश्न गरेको उल्लेख गरेका छन् । 

साम्पाङले अहिलेका सबै पार्टी ठिक नभएको र सबैले विभेद गर्ने बताएका छन् ।  उनले भने- ‘तपाईँको बाले पनि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे । अब ८४ मा म आफैं आएर गर्नुपर्ला । त्यो ठाउँमा भन्दैछु । बालेन जीको कुरा नगर्नु उहाँको बजेट २६ अर्ब माथि छ । पैसा २० प्रतिशत पनि खर्च गर्न सक्दैन त्यो महानगरले ।’

उनले भिजन भनेको के हो सिक्न आफूकहाँ आउन समेत आग्रह गरेका छन् ।

‘बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ । जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु । भिजन भनेको के हो त्यो म सिकाउँछु । साम्पाङले भने ‘विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन । स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरूको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने । बिचरा !”