काठमाण्डु–प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम झापाका राईलाई सचिव नियुक्तिका लागि सिफारिस गरेका हुन्।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।
प्रतिक्रिया