पश्चिमा देशमा शरण लिन हसिनालाई कठिन

पश्चिमा देशमा शरण लिन हसिनालाई कठिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-शेख हसिना बङ्लालादेशबाट पलायन भएपछि उनको स्थिति अहिले पनि अज्ञात छ । हाल भारतमा शरण लिएकी उनको अन्तिम गन्तव्य कहाँ हो भन्ने जिज्ञासा पनि उठिरहेको छ ।

भारतले हसिनाको अन्तिम गन्तव्य भारत नरेहको स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस.जयशंकरले स्पष्ट शब्दमा भनेका छन् कि भारत हसिनाको अन्तिम गन्तव्य होइन ।

भारतमा शरणगत बनेकी हसिनाको अन्तिम मुकाम कहाँ हुने बारे विभिन्न अड्कल लगाइँदैछ । बेलायत, अमेरिका या पश्चिमी देशहरूले उनलाई राजनीतिक शरण दिने कि नदिने भन्ने विषयमा पनि बहस चलिरहेको छ ।

विश्लेषकहरूका अनुसार हसिनाले आफूले चाहेको देशमा शरण लिन सक्दिनन् । त्यसका लागि सम्बन्धित देशको अनुमति पनि चाहिन्छ ।

इन्टरनेशनल क्राइसिस ग्रुपका शोधार्थी टाम किनले बीबीसी बङ्गलासँग भने, ‘शेखÞ हसिनालाई पश्चिमी देशमा राजनीतिक शरण पाउन कठिन छ ।’

वशिङ्गटनस्थित शोध संस्थान विल्सन सेन्टरका दक्षिण एशियली संस्थानका निर्देशक माइकल कुगलम्यानका अनुसार कुनै पनि पश्चिमी देशले हसिनालाई राजनीतिक शरण देला जस्ता लाग्दैन ।

किनभने हसिनाको शासनकालमा भएका केही घटनाहरूप्रति पश्चिमी देशहरू चिन्तित छन् ।

‘शान्तिपूर्ण प्रदर्शनमाथि जसरी हसिना सरकारले दमन र उत्पीडनको बाटो अपनायो, त्यसप्रति पश्चिमी देशहरूले आपत्ति जनाएका थिए’, कुगलम्यान भन्छन् ।
छात्रहरूको विरोध प्रदर्शनमा सुरक्षा बलले गरेको बल प्रयोगप्रति पनि कयौं अन्तर्राष्ट्रिय मानवाधिकार संगठन र संयुक्त राष्ट्र मानवाधिकार परिषदले आपत्ति जनाएका थिए ।

इन्टरनेशनल क्राइसिस ग्रुपले सत्तामा रहिरहन हसिनाले रक्तपात मच्चाउन चाहेको पनि दाबी गरेको छ । अन्तर्राष्ष्ट्रिय अपराध अदालतले यदि बङ्गलादेशमा भएको घटनाको जाँच ग¥यो भने कयौं मुद्दा चल्न सक्ने विश्लेषकहरूको भनाइ छ । यस्तो अवस्थामा हसिनालाई बेलायत सुरक्षित नहुन सक्छ ।

यद्यपी विभिन्न देशका तानाशाहहरूले युरोप र अमेरिकामा राजनीतिक शरण लिएको उदाहरणहरू पनि छ ।

सऊदी अरबले पनि मुस्लिम बहुल देशका अपदस्थ तानाशाहलाई शरण दिएको छ । त्यसो भए हसिनाको मामिलामा पश्चिमी देशहरूको रवैया के अपवाद हुन सक्छ त ? य विषयमा विश्लेषकहरूको फरकफरक धारणा छ । शीतयुद्धको समाप्ति पछि युरोप र अमेरिकाले आफ्ना मित्रलाई शरण दिएको उदाहरणहरू पनि छ । तर अहिलेको अवस्थमामा ती देशहरू हसिनाप्रति उदार हुने सम्भावना कम देखिन्छ । यसकारण हसिनालाई शरण दिने विषयमा पश्चिमी देशहरू हतारमा निर्णय लिने छैनन् ।

जब तानाशाहको हातबाट सत्ता गुम्छ त्यस्तो अवस्थमा उनका लागि धेरै खतरनाक अवस्था हुन्छ । यस्तो अवस्थामा तानाशाहलाई जेल जाने या सुरक्षाको खतरा पनि रहन्छ । यहि कारण सत्ता हातबाट निस्केपछि तानाशाहहरू देश छोडेर पलायन हुने गरेका छन् । आम जनताको आक्रोशबाट बच्नका लागि यो नै उनीहरूका लागि एकमात्र विकल्प रहन्छ ।

क्रान्ति, जनविद्रोह, सैन्य विद्रोह र गृहयुद्धबाट सत्ता गुमाएपति त्यस्ता शासकहरू देश बाहिर सुरक्षित आश्रयको खोजीमा रहन्छन् । स्पेनस्थित बार्सिलोना विश्वविद्यालयमा राजनीति विज्ञानका प्रोफेसर अब्देल एस्क्रेबा फोक र संयुक्त राज्य अमेरिकाका नार्थवेस्टर्न विश्वविद्यालयमा राजनीति विज्ञानका प्रोफेसर ड्यानियल क्रामारिकले तानाशाहहरू कस्तो र कसरी गन्तव्यको खोजी गर्छन् भन्न विषयमा शोध नै गरेका छन् ।

‘द्वितीय विश्वयुद्ध पछि तानाशाहहरूलाई देशबाट पलायन हुने प्राथमिकताको सूचीमा दोस्रो स्थानमा थियो । तर दोस्रो विश्वयुद्ध पछि तानाशाहहरूलाई सत्ता छोड्र्ने अवस्था आउँछ । यस्तो अवस्थामा २० प्रतिशत निर्वासनमा जान्छन् ।