ढाका – बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी रद्द गरेको छ ।
उनीसहित ९६ जनाको राहदानी रद्द गरिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । तीमध्ये अधिकांश अवामी लिगसँग आवद्ध नेता तथा व्यापारीहरू छन् ।
जुलाईमा प्रदर्शनका क्रममा मानिसहरूलाई जबरजस्ती बेपत्ता पारेको र हत्या गरेको आरोपमा राहदानी रद्द गरिएको छ । हसिना हाल भारतमा शरण लिएर बसेकी छन् ।
यसअघि हसिना र अन्य १५ जनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) मा उजुरी परेको जनाइएको छ ।
प्रतिक्रिया