एजेन्सी – बंगलादेशको आम चुनावमा अवामी लिगकी अध्यक्ष शेख हसिनाको लगातार चौथो जितपछि अमेरिकाले बंगलादेशको चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको बताएको छ। अमेरिकाले चुनावका क्रममा भएको हिंसाको निन्दासमेत गरेको छ ।
अमेरिकाले यस निर्वाचनमा विपक्षीले भाग नलिने र विपक्षी नेताहरुको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले सोमबार भने, ‘यो निर्वाचन स्वतन्त्र वा निष्पक्ष नभएकोमा संयुक्त राज्य अमेरिकाले यस निर्वाचनका अन्य पर्यवेक्षकहरूको धारणा साझा गर्दछ। यसमा सबै दलहरूले भाग लिएनन् भन्नेमा अफसोस छ।’
‘संयुक्त राज्य अमेरिका चुनावको क्रममा र पछिल्ला केही महिनाहरूमा भएको हिंसाको निन्दा गर्दछ। हामी बंगलादेश सरकारलाई हिंसाको रिपोर्टको विश्वसनीय रूपमा अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन प्रोत्साहित गर्दछौं।’ उनले थप भने ।
हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा छिन् । उनको यो कूल पाँचौँ कार्यकाल हो।
प्रतिक्रिया