कोदालोले हानेर छिमेकीको हत्या गरेको आरोपमा महतो पक्राउ

कोदालोले हानेर छिमेकीको हत्या गरेको आरोपमा महतो पक्राउ


जनकपुरधाम – सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीमा छिमेकीको कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

बचाइले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा ट्याक्टर लिएर पुगेका सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ । बुधरामको कोदालो प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जाएको छ ।

घटनालगत्तै फरार बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सापकोटाले बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थपरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।