श्रीमतीको हत्या गरी टाउको बोकेर बजारमा हिँडिरहेका घिसिङ पक्राउ

श्रीमतीको हत्या गरी टाउको बोकेर बजारमा हिँडिरहेका घिसिङ पक्राउ


उदयपुर– श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ रहेका छन् ।

मंगलबार साँझ उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।

त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्दै आएकी प्रमीला कोरियन भाषा पनि सिक्दै गरेकी खुल्न आएको छ । उनका दुई छोरा छन् उनीहरु ४ र १ कक्षामा पढ्छन् ।

दम्पतीको बिचमा २ वर्षदेखि सम्बन्ध राम्रो नभएको र सामान्य विवाद हुदा घिसिङले प्रमीला हत्या गरेर खुकुरीले टाउको काटेर बोकेर हिँडेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।