निःसन्तान बृद्धद्वारा एकै गाउंका दुई बृद्ध महिलाको हत्या

निःसन्तान बृद्धद्वारा एकै गाउंका दुई बृद्ध महिलाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिलाद राना, कञ्चनपुर– कञ्चनपुरको पुर्नवासमा दुई बृद्ध महिलाको श्रृङखलाबद्ध ढङगले हत्या भयो । ८ महिनाको अवधिमा दुई÷दुई बृद्ध महिलाको श्रृखलाबद्ध तरिकाबाट हत्या हुन थालेपछि स्थानीय समेत त्रसित थिए । गत साउन २९ गते पुर्नवास नगरपालिका ११ भीमबस्तीको सिद्धबाबा मन्दिरमा बस्दै आएकी माता ६० बर्षिय धर्मा मल्ल र फागुन १० गते सोही ठाउँकी ६५ बर्षिय पानमती धामीको रहस्यमयी ढङगबाट हत्या भएको थियो ।

दुवै बृद्ध महिलाको हत्या गर्ने सोही गाउंकै एक निसन्तान बृद्ध रहेको रहस्य खुलेको छ । दुवै बृद्ध महिलाको सोही गाउंकै ६७ बर्षिय बृद्ध श्यामलाल रानाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले दुवै घटनाको प्रकृति एउटै प्रकारको भएकाले प्रहरीले सुक्ष्म अध्ययन गर्दै जांदा बृद्ध श्यामलाल राना रहेको खुलेको बताए ।

उनका अनुसार रानालाई बुधबार नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याईएको छ । म्याद थप गरेर कार्बाही प्रकृया अघि बढेको प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताए ।

एकै गाउँका दुई दुई महिलाको हत्या गर्ने अभियुक्त कञ्चनपुर प्रहरीले ८ महिनापछि सफल भएको छ । प्रहरीले यसरी पत्ता लगायो अभियुक्त कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका ११ भीमबस्तीमा आठ महिनाको अवधीमा दुई बृद्ध महिला मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

 

फागुन १० गते बाख्रा चलाउन लालझांडी जंगलमा गएकी पानमती धामी मृत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका लागि भन्दै प्रहरी निरीक्षक हिरेन्द्र रोकाया र प्रहरी नायब निरीक्षक धर्मराज अवस्थी र ईलाका प्रहरी कार्यालय बेलौरी र त्रिभुबनबस्तीबाट प्रहरी टोली घटना स्थलमा परिचालन ग¥यो ।

 

‘दुवै घटना एकै प्रकृतिका थिए, ‘प्रहरी उपरीक्षक विष्टले भने, ‘हामीले सुक्ष्म अध्ययन ग¥यौं ।’ घटना स्थलमा भेटिएका अपसेचमाथी सुक्ष्म अध्ययन गर्दै अभियुक्तसम्म पुगे । बृद्ध धामी मृत फेला परेको स्थानमा एक सर्टको बटन र एक बृद्धका तीन फोटा भेटिएका थिए । पहिलो रुमालमा तीन फोटा भेटिएका थिए । फोटावाला मान्छे पहिचान गर्दै उनको खोजीका लागि प्रहरी परिचालन गरियो र प्रहरीले फेला पारेका मान्छे, फोटो र सर्टको बटन भिडांउदा रानाकै भएको पृष्टी भयो । रानाले प्रहरी समक्ष दुवै घटना आफैले गरेको स्वीकार गरेका छन् ।

 

यौनकै लागि बृद्ध महिलाको हत्या गर्ने राना निसन्तान हुन् । उनको बिवाह भएको डेढ महिनामै श्रीमतीको मुत्यु भयो । जिवनसाथी नै आफुसंग नरहेपछि उनी तड्पिदै जिवन विताउन थाले । कहिले जंगल त कहिले मन्दिरमा उनले दिन काट्ने गरेको स्थानियले बताएका छन् ।

 

घटनाको प्रकृति हेर्दा दुवै घटनामा रानाले ति बृद्ध महिला एक्ली भेटिएपछि जबजस्तीकरण गर्न खोज्दा महिलाले प्रतिकार गरेको हुन सक्छ । तर ति बृद्धले अरुले थाहा पाउने सोचेर हत्या नै गरिदिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर बृद्धले भने दुवै घटनामा माफुमाथी अमानविय व्यवहार भएकाले प्रतिकार गर्दा मरेको बताए ।

 

धामीलाई बाटो कहां जान्छ भनेर सोध्दा उनले आफुमाथी अभद्र व्यवहार गरेको उनको भनाई छ । साउन महिनामा आफु गाउंबाट आएका बेला बर्षा हुंदा मन्दिरकी माताले अभद्र व्यवहार गरेका कारण झगडा हुंदा प्रतिकारका क्रममा उनकै हातमा रहेको हसियांले काटेर हत्या गरेको उनले बताए । सामाजिक चेतना अभावका कारण बृद्धले बृद्धा महिलाको हत्या गरेको समाजिक अगुवाको भनाई छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट म्याद थप गरेर कर्तव्य ज्यान अन्र्तरगत मुद्दा दायरको तयारी गरेको छ ।