काठमाण्डु – इन्धनको मूल्य बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक तर्फको हवाई भाडा बढाएको छ । प्राधिकरणले सूचना जारी गर्दै आजदेखि लागू हुनेगरि हवाई भाडा बढाएको जानकारी दिएको छ।
हवाई यातायात विभागका उपप्रवन्धक ज्ञानेन्द्र भुलले नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विज्ञप्ति अनुसार विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।
विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं–विराटनग ५० रुपैयाँ, काठमाडौं–पोखरा ३० र काठमाडौं–भैरहवा ४० रुपैयाँले भाडा बढेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ हवाइ भाडा बढाइएको सूची :
प्रतिक्रिया