प्रहरीद्वारा लम्कीमा प्यासेन्जर हेल्प डेस्क स्थापना, यात्रुलाई ठगे अन द स्पट कारबाही

प्रहरीद्वारा लम्कीमा प्यासेन्जर हेल्प डेस्क स्थापना, यात्रुलाई ठगे अन द स्पट कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३१ भदौ–कैलालीको लम्की बजारस्थित चौकमा यात्रु सहायता कक्ष (प्याजेञ्जर हेल्प डेस्क) स्थापना भएको छ।

 

 

दशैंतिहार तथा छठ पर्वको अवसरमा यात्रुलाई हुने विभिन्न किसिमका समस्या तथा हैरानीलाई मध्येनजर गर्दै शुक्रबारबाट इलाका प्रहरी कार्यालय लम्की र ट्राफिक प्रहरी कार्यालय लम्कीले हेल्प डेस्क सञ्चालनमा ल्याएको हो।

 

 

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक शोभानसिंह कार्कीले यात्रुको सेवाका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जानकारी दिए ।

 

 

‘यात्रुहरुबाट बढी भाडा लिएमा, सरसामानहरु हराएमा, क्षमताभन्दा बढी यात्रु राखेमा, मापसे गरी सवारी चलाएमा, आरक्षण सीटमा यात्रुलाई नदिएमा, नक्कली टिकट वितरण गरी यात्रुलाई ठगी गरेमा यात्रुलाई विषादी खानेकुरा खुवाई लुटपाट गरेको पाइएमा तुरुन्त यात्रु सहायता कक्षमा सम्पर्क गर्न म सम्पूर्ण यात्रुहरुलाई अपिल गर्दछु,’ उनले भने– ‘हामी ठाउँको ठाउँ कारवाही गर्छौ।’

 

 

हेल्प डेस्क सञ्चालनमा आएपछि चाडपर्वका बेला हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप र समस्याहरु कम हुने लम्की प्रहरीको विश्वास छ।