काठमाण्डु- नेपालमा अहिले पनि ४६ प्रतिशत नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो विश्वव्यापी सर्वेक्षण अनुसार ४६ प्रतिशत नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको औल्याएको हो ।
‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ दिवसको अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको लागि आवश्यक सर्तहरू पुरा गर्न संगठनले सुझाएको छ । नेपालसहित विश्वभर बिहीवार यो दिवस मनाइँदैछ ।
सन् २०१५ मा अमेरिकामा सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच गर्ने विषयमा प्रतिवद्धता जनाएको थियो । नेपालसहित सदस्य राष्ट्रहरूले स्वास्थ्य सेवामा सवैको पहुँच पु¥याउने विषयमा प्रतिवद्धता जनाएका थिए । तर विश्वका धेरै देशका नागरिकहरूको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको पछिल्लो तथ्याकंले औल्याएको छ ।
विश्वका ४ अर्ब पाँच करोड मानिसहरू अहिले पनि स्वास्थ्य सेवाको पहुँच बाहिरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डिसेम्ववार १२ को दिन ‘स्वास्थ्यमा विश्वव्यापी पहुँच दिवसले सबै देशलाई आफ्नो नागरिकको लागि स्वास्थ्य सेवामा पहुँच, प्रवद्र्धन र रोकथामको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाउन सुरु भएको हो । यसको साथै संगठनले प्यालिएटिभ केयर (जीर्ण स्वास्थ्य अवस्थामा हेरचाहको व्यवस्था)को माग राखेको छ ।
स्वास्थ्य सेवामा पहुँच नभएकै कारण जटिल जीवन यापन गरिरहेको स्थिति छ । सन् २०१५ मा दीगो विकास लक्ष्यसम्म ‘स्वास्थ्यमा सवैको पहुँचको व्यवस्था गर्ने लक्ष्य अघि सारेको थियो ।
यो वर्षको ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ले सरकारले आफ्नो नागरिकले पूर्ण रूपमा स्वास्थ्य सेवा लिन सक्ने गरी व्यवस्थापन गर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गर्नु पर्ने, महंगो स्वास्थ्य सेवाको कारण नागरिकलाई गरिवीको रेखामुनि धकेल्ने विद्यमान कानुन सुधार गरी लागू गर्नु पर्ने, आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सदस्य राष्ट्रहरूले बजेट बिनियोजन गर्नु पर्न निर्देशन दिएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको मुख्य उद्देश्य आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने, स्वास्थ्य उपचारकै कारण कोही पनि नागरिक गरिवीको रेखामुनि नधकेलिउन भन्ने मूल उद्देश्य रहेकोले नेपालले यो दिशामा नीति तथा कार्यक्रम अघि सारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले बताए ।
सन् २०३० या दीगो विकास लक्ष्य वर्षभित्र नेपालले अहिलेको तुलनामा थप प्रगति हाँसिल गर्ने सम्भावना रहेको डा.देवकोटाले बताए । ‘तर अबको पाँच वर्षमा यी क्षेत्रमा बढी काम गर्नु पर्छ’, उनले भने ।
प्रतिक्रिया