स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् ।

स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थिए, तर फोरम सरकामा सहभागि नभएपछि प्रधानमन्त्री ओली सँगै रहेको मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री अर्यालले पूर्णरुपमा पाएकी हुन् ।

फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लिन पाउनेछन् ।

राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य समेत हुन् । स्याङजा क्षेत्र नं. २ मा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर उनी सांसद निर्वाचित भएकी हुन् ।