जनताको साथले सरकार कोरोना नियन्त्रणमा सफल भइरहेको छः मन्त्री ढकाल

जनताको साथले सरकार कोरोना नियन्त्रणमा सफल भइरहेको छः मन्त्री ढकाल


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण नियन्त्रण गर्न सरकार सफल भइरहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री ढकालले जनताले सरकारलाई साथ दिएका कारण सरकार कोरोना नियन्त्रणमा गर्न सफल भइरहेको दाबी गरेका हुन् ।

‘अहिलेको कोभिड–१९ को महामारी नियन्त्रणमा सरकार निरन्त खटिइरहेको छ । परीक्षणका लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले बढाएर २५ पुगिसेको छ । अझै विस्तार हुने क्रममा छ ।’

उनले भने, ‘नेपाल सरकारबाट भइरहेको कामलाई आमजनताले सहयोग गर्दै आएका छन् । भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रम गराउँदै जाने योजना छ ।’

ढकालले सरकारले कोभिड–१९ को नियन्त्रणमा लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तर आमजनता प्रवाह गर्ने रणनीति अपनाउँदै आएको बताए ।