काठमाण्डु– केहि दिन यता उपत्यकासहित देशको तापक्रम बढ्न थालोको छ । जाडो सकिएर गर्मी लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई मौसमी फ्लु जस्ता स्वास्थ्य समस्या आउने गरेको छ ।
तापक्रममा परिवर्तन आएपछि बिभिन्न प्रकारका भाइरस उब्जिन्छन् । तिनै भाइरसको संक्रमणले मानिसलाई बिरामी बनाउँछन् ।मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ।
बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने समस्या आइलाग्छन् ।
यस्तो मौसममा झाडाबान्ता, हैजा, औलो, टाइफाइड , आउँ, रगतमासी, हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वरजस्ता सरुवा रोगहरुको महामारी फैलिन सक्छ। र, आँखाको तथा छालाको स्वास्थ्यमा पनि गडबढी हुन सक्छ।
मौसम परिवर्तन हुँदा प्राय धेरै जनामा रुघाखोकि, ज्वरो जस्ता समस्या आउने गरेका छन् ।
-यस्ता समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा भिटामिन सी र डी को मात्रा बढाउनुपर्छ । अनि फलफूल तथा तरकारी प्रशस्त खानुपर्छ ।
-यस्तो समयमा सन्तुलित खानपान, न्यानो कपडाको प्रयोग र घरेलु उपाय अपनाएर समस्या समाधान गर्न सकिन्छ।
-तातोपानी, अदुवा चिया, तातो पानीमा मह र कागती हालेर पिउनाले सुख्खा खोकी र घाँटीको पोलाई, नाक बन्द हुने समस्या, श्वसन प्रणालीलाई राहत, प्रतिरोधात्मक क्षमता बढाउँने काम गदर्छ ।
-यस्तै २–३ वटा लसुनलाई तातो पानीमा उमालेर पिउनाले एन्टीब्याक्टेरियल गुण पाउन सकिन्छ भने तातो दुधमा आधा चम्चा बेसार मिसाएर पिउनाले संक्रमण कम गर्न मद्दत गर्दछ।
-अमला, सुन्तला, किवी, जस्ता भिटामिन सीले भरिपूर्ण फलफूल खान सकिन्छ । जसले प्रतिरोधात्मक क्षमता बढाउँछ।
-तुलसीको पातलाई पानीमा उमालेर पिउनाले संक्रमण कम गर्न सहयोग गर्छ।
-तातो सुपजस्ता झोलयुक्त खाना खाने, मसालेदार र तारेको खाना कम खाने, हरियो तरकारी, बदाम र प्रोटिनयुक्त खानेकुराले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो। यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन । भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आराम र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँचदिनमा बिस्तारै निको हुँदै जान्छ।
झाडापखाला, टाइफाइड ज्वरो भने व्याक्टेरियल (जिवाणु) को कारणले भएको हुँदा यसमा स्वास्थ्य परीक्षणपछि मात्र औषधी खानुपर्छ ।
यी रोग फोहोर, संक्रमित खानेकुरा तथा पानीबाट सर्छ । गर्मीमा झाडापखाला, टाइफाइड, आउँ जस्ता सरुवा रोगको जोखिम भएकोे सबैले सफाइमा ध्यान दिनुपर्ने चिकित्सक सुझाउछन् ।
प्रतिक्रिया