डा. विकास सुवेदी, मुटुरोग विशेषज्ञ
हृदयघातका लक्षणहरु :
एक्कासि मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने ।
श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने ।
हृदयघातका के कारणले हुन्छ ?
मुटुमा रहेको धमनीमा बोसो जमेर (LDL cholesterol) धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन नपाई मृत्यु हुन्छ । यसलाई नै हृदयाघात भनिन्छ ।
वंशाणुगत कारण ।
हृदयाघातका जोखिमहरू :
समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ । ती जोखिमहरु यसप्रकार छन् ।
उच्च रक्तचाप
धूमपान
मधुमेह
निष्क्रिय जीवनशैली
मानसिक तनाव
मोटोपना
उच्च कोलेस्टोल
अस्वस्थ खाना
घरमा मुटुका विरामी भएको खण्डमा जुनसुकै बेला आपतकालिन अवस्था आउन सक्छ । तसर्थ यी कुराहरुमा पनि ध्यान दिनुपर्छ :
आपत्कालीन अवस्थाका लागि Aspirin tablet / Clopidogrel घरमा राख्ने, हृदयाघातको लक्षण देखा पर्नासाथ सो Tablet खाने र उपचारका लागि अस्पताल तुरुन्त जानुपर्छ ।
मुटु रोग छ कि छैन भनेर पत्ता लगाउन प्रत्येक ६ महिनामा निम्न जाँच गर्नुपर्छ :
Lipid profile (लिपिड प्रोफाइल)
Pulse( मुटुको गति ) तथा
(ईसीजी) , रक्तचापको जाँच
(इको)
मुटुलाई रक्षा गर्ने खानेकुराहरू :
जौ (Oats)
आल्मोन्ड
साग (हरियो)
ब्रोकाउली
लसुन, प्याज
चिया (कालो)
टमाटर
ओखर
माछा
गाजर
सखरखण्ड
थुप्रै प्रकारका गेडागुडी
स्याउ, कालो अंगुर, अनार, मेवा, सुन्तला र अन्य फल
अपनाउनुपर्ने जीवनशैली :
उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने
तनावमुक्त जीवन जिउने
मोटोपन घटाउन ब्यायाम तथा योगा नियमित गर्ने । कम्तीमा पनि ३० मिनेट (बिहान र साँझ)
चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
नियमित रूपमा शरीरको लिपिड (Fat) परीक्षण गराउने
नियमित रूपमा चिकित्सकको सल्लाह लिने ।
सन्तुलित आहार :
सीमित( चिनी, मिठाइ, सेकेको वस्तु, चिल्लो, चिप्स)
साप्ताहिक( बोसोरहित मासु, अण्डा
दैनिक ठिक्क मात्रामा( सिमी, केराउ, भटमासको वस्तु, माछा, ओखर, तोरीको तेल, नरिवलको तेल, जैतुन तेल, दुग्ध पदार्थ र कालो चिया
पटक–पटक दैनिक( अन्न, गहुँको रोटी, जौ, मकै, केरा, स्याउ, अनार, खरबुजा, कालो अंगुर, बन्दा, सागपात, गाँजर, मसरुम, फर्सी, गेडागुडी, लौका, ग्रिन ब्रोकाउली, प्याज, लसुन र टमाटर ।
– नेपाली हेल्थबाट साभार।
प्रतिक्रिया