स्वास्थ्य मन्त्रालयको चेतावनीः यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँसमेत हुँदैन

स्वास्थ्य मन्त्रालयको चेतावनीः यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँसमेत हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालकै दरमा कोरोना सङ्क्रमित थपिएमा अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने बताएको छ ।

आज मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको उल्लेख छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधी विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्ड पालना गर्नु अतिआवश्यक भएको मन्त्रालयले जनाएको छ ।

कोरानाले भारतको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै मन्त्रालयले त्यो हृदय विदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।