चाडपर्वका बेला देशभर ११६ स्थानमा सशस्त्र प्रहरीका ‘हेल्प डेस्क’

चाडपर्वका बेला देशभर ११६ स्थानमा सशस्त्र प्रहरीका ‘हेल्प डेस्क’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चाडपर्वका बेला सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ११६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्दैछ ।

सशस्त्र प्रहरीले ६६ वटा डेस्क स्थापना गरिसकेको र ५० वटा स्थापना स्थापना हुने क्रममा रहेको छ ।

दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्‍याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा डेस्क राखिएको छ ।

चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ईलाम जिल्लाको पशुपतिनगर फाटक, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको बिरगंज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष समेत स्थापना गर्ने लक्ष्य रहेको जनाइएको छ ।

आमनागरिकहरू सीमा नाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीबाट दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको मोबाइल नम्बर ९८५१२७२००७, सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको मोवाइल नम्बर ९८५१२६४७११ र अनुगमन तथा गुनासो व्यवस्थापन इकाईका सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप रेग्मीको मोबाइल नम्बर ९८५१२६१२०० मा सम्पर्क गरी उजुरी तथा गुनासो गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।