हेमा मालिनी र धर्मेन्द्रको अनाैठो प्रेम कहानी

हेमा मालिनी र धर्मेन्द्रको अनाैठो प्रेम कहानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धर्मेन्द्रसँग हेमा मालिनीको पहिलो भेट ख्वाजा अहमद अब्बासको फिल्म ‘आसमान महल’को प्रिमियरका दौरान सन् १९६५ मा भएको थियो ।

त्यतिबेला धर्मेन्द्र फिल्म उधोगमा सुपरस्टारका रुपमा स्थापित भइसकेका थिए र हेमाले एउटै फिल्ममा मात्र अभिनय गरेकी थिइन, त्यो फिल्म पनि फलप भएको थियो ।

तर, विस्तारै—विस्तारै दुवै एकअर्काको नजिक आउन थाले । उनीहरुको यही निकटता फिल्म ‘शोले’को सुटिङका क्रममा प्रेम सम्बन्धमा परिणत भयो । र, सन् १९८० मा दुवैले विवाह गरे ।

एक रियालिटी शोमा हेमाले एक प्रश्नको जवाफ दिदैं भनेकी थिइन्, ‘जब नासिकमा फिल्म ‘प्रतिज्ञा’को सुटिङ चलिरहेको थियो, त्यतिबेला मैले धर्मेन्द्रलाई ‘मै जट यमला पहला दीवाना’ गीतमा डान्स गरिरहेको देखे, उनको यो डान्स देखेर पनि उनीप्रति पूरै फिदा भइसकेकी थिए ।’

हेमाको साउथ इण्डियन परिवार उनीहरुबीचको प्रेमका कारण एकदम खुशी थिएन । एक त धर्मेन्द्र पन्जाबी थिए र दोस्रो त विवाहित । यस कारण उनलाई हेमासँग लुकेर भेट्नुपथ्र्यो ।

कयौं पटक हेमाको परिवारका कोही न कोही सुटिङ सेटमा आइरहेका हुन्थे । यसका कारण भेटघाट गर्नु अझ मुश्किल हुन्थ्यो । उनीहरु सुटिङपछि बाहिर पनि भेटन सक्दैन्थे ।

धर्मेन्द्र जुन—जुन फिल्ममा हेमा मालिनीसँग सुटिङ गर्थे । त्यो फिल्मको क्यामराम्यानलाई पट्याउथे । हेमासँग रोमान्टिक सिनको रिटेक पटक—पटक गर्न उनी क्यामराम्यानलाई एक पटकमै ओके नगर्न भन्थे ।

क्यामराम्यान कहिले लाइट कम भएको त कहिले अन्य कारणहरु देखाउँथे । धर्मेन्द्र यसको पनि एक कोड शब्द बनाएका थिए । जब सीनको रिटेक गर्नुपथ्र्यो त उनी आफ्नो कान छुन्थे । यस्तै तरिकाले सीनलाई ओके गर्नु परेमा उनी आफ्नो नाक छुन्थे । यसैगरी उनले हेमासँग लामो समय बिताए ।

आज धर्मेन्द्र आफ्नो ८१ औं वर्थ डे सेलिब्रेट गरिरहेका छन् ।