हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी धर्नामा

हेटौंडा उपमहानगरविरुद्ध व्यवसायी धर्नामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई मार पर्ने गरी राजश्व वृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन् ।

उपमहानगरविरुद्ध आन्दोलन थाल्दै मकवानपुर उद्योग वाणिज्य संघले आज व्यवसाय बन्द गरेको छ । हिजो दिउँसो बत्ती बालेर जनप्रतिनिधि खोजेका व्यवसायीले आज व्यवसाय बन्द गरेर धर्नामा बसेका छन् ।

उपमहानगरविरुद्धमकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा चरणबद्ध आन्दोलनमा छ । व्यवसायीले उपमहानगरपालिका परिसरमा धर्ना दिनुका साथै पसल बन्द गरेका हुन् ।

गत असार ७ गते सम्पन्न नगरसभाबाट पारित गरेको नीति, कार्यक्रम तथा बजेटमार्फत उपमहानगरपालिकाले अस्वाभाविक रूपमा कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले उपमहानगरपालिकाले विभिन्न शीर्षकमा १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै आन्दोलन गरेका हुन् । व्यवसायीहरूले करको नयाँ दर खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।