हेटौंडा कसैलाई पायक पर्दैन, प्रदेश ३ को राजधानी काठमाडौं आसपास हुन्छ- केशव स्थापित

हेटौंडा कसैलाई पायक पर्दैन, प्रदेश ३ को राजधानी काठमाडौं आसपास हुन्छ- केशव स्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी काठमाडौं आसापास नै हुने बताएका छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा बोल्दै उनले एकदेखि डेढ महिनाभित्र राजधानी  हेटौंडाबाट काठमाडौं आसापास सरिसक्ने बताएका हुन् ।

उनले प्रदेश ३ को राजधानी हेटौंडा कसैलाई पायक नपर्ने भन्दै केही महिनामै आफूले राजधानी काठमाडौं आसपास सार्ने अठोट लिएको बताए ।

‘हेटौडा कसैलाई पायक पर्दैन, पायक नपर्ने ठाउँमा राजधानी राखेर हुन्छ?, उनले भने, ‘मैले अठोट गरिसकेको छु, प्रदेश ३ को राजधानी काठमाडौं आसापास हुन्छ ।’

कार्यक्रममा स्थानीयलाई सम्बोधन गर्दै  स्थापितले माझी समुदायको लदी पूजालाई पर्वको रुपमा सूचिकृत गराउने प्रतिवद्धता व्यक्त्त गरे ।

उनले प्रविधिले खोसेको माझीको माछा मार्ने र डुंगा चलाउने पेसालाई अब नयाँ हिसावले अघि बढाउनु पर्ने बताउँदै माझी समुदायको पेसासँग जोडिएको शिप विकास तथा साधन र श्रोत जुटाउन प्रदेश सरकारले जति पनि खर्च गर्न सक्ने बताए।

यसैगरी प्रदेश सांसद शान्तिप्रसाद पौडेलले माझी भाषा र संस्कृतिको संरक्षणको लागि प्रदेशको कानुनमा नै समावेश गर्न आफूले प्रयास गर्ने बताए ।

हरेक वर्षको फागुन महिनाको तेस्रो मंगलबार माझी समुदायले धुमधामका साथ नदी पूजा पर्व मनाउने गर्दछन् ।