काठमाण्डु-इजरायली सेनाले उत्तरी लेबनानी शहर ब्याट्रोनबाट सशस्त्र समूह हिजबुल्लाहका एक वरिष्ठ नेतालाई नियन्त्रणमा लिएको दाबी गरेको छ ।
इजरायली सेनाका अनुसार उनीहरूले हिजबुल्लाहका एक वरिष्ठ नेतालाई ब्याट्रोनमा आक्रमणमा क्रममा नियन्त्रणमा लिएका हुन् ।
इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार विशेष अपरेशनका क्रममा हिजबुल्लाहका नेतालाई पक्राउ गरेर इजरायल लगिएको छ । हिजबुल्लाहले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
लेबनानको सरकारी मिडियाका अनुसार अज्ञात सैन्य बलले समुद्र तट नजिकैको एउटा भवनमा छापा मारेको थियो । यो घटनापछि लेबनानी प्रधानमन्त्री नजिब मिकातीको कार्यालयले परराष्ट्र मन्त्रालयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा उजुरी गर्न निर्देशन दिएको बताएको छ ।
प्रतिक्रिया