ग्लोबल आइएमई लघुवित्त र हिमालयन लाइफ इन्स्योरेन्सकाे संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त र हिमालयन लाइफ इन्स्योरेन्सकाे संस्थापक सेयर बिक्रीमा


काठमाण्डु–ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर को न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक समूहको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । उक्त संस्थापक सेयरमा विद्यमान संस्थापकहरुहरु मात्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले आज (भदौ १३) गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्ने छन् ।