मनाङको तापक्रम माइनस २० डिग्री

मनाङको तापक्रम माइनस २० डिग्री


काठमाडौं– मनाङमा भारी हिमपात हुँदा चिसो बढेको छ।

आइतबार साँझदेखि सुरु भएको हिमपात सोमबार साँझसम्म नरोकिएपछि तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियसमा झरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार  मनाङको माथिल्लो भेग टंकी मनाङ, ङावल, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायत ठाउँमा बाक्लो हिमपात परेको छ।