होलीको अवसरमा अवाञ्छित गतिविधि गर्ने उपत्यकाका १ सय ६७ जना पक्राउ

होलीको अवसरमा अवाञ्छित गतिविधि गर्ने उपत्यकाका १ सय ६७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट होलीमा जबरजस्ती रङ्ग दल्न खोज्ने १ सय ६७ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले होली पर्वको अबसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायतका अबाञ्छित गतिविधिमा संलग्न भएकाे अाराेपमा उनीहरूलार्इ पक्राउ गरेकाे हाे ।

प्रहरीले  काठमाडौँबाट मात्रै १ सय ६० जना, ललितपुरबाट ३ जना र भक्तपुरबाट ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । साथै, ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको अाराेपमा प्रहरीले ५ सय २३ मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि सार्वजनिक अपराध एेन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

-प्रतिकारत्मक तस्बिर