प्रदेश २ मा थप दुई दिन विदा थपियो, भोलि जानकी नवमीको विदा

प्रदेश २ मा थप दुई दिन विदा थपियो, भोलि जानकी नवमीको विदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा– प्रदेश नम्बर २ को सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ।

संघीय सरकारले तोकेबाहेक प्रदेश नम्बर २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको हो। प्रदेश नम्बर २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको त्यस निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ। छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ। मधेश आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइने बताइएको छ।