गृह मन्त्रालयद्वारा १२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

गृह मन्त्रालयद्वारा १२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाण्डु – गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयको सरुवा सूचीअनुसार उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का सुनसरीमा सरुवा गरिएको छ भने चितवनमा चूडामणि शर्मा गौतमलाई पठाइएको छ ।

उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

उपसचिव चेतराज बराललाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारी, खगेन्द्र सुवेदीलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

हेर्नुहोस् सरुवा सूची –