राप्रपालाई गृह मन्त्रालयको चेतावनी : निषेधित क्षेत्र तोडे सह्य हुँदैन, कारवाही हुन्छ

राप्रपालाई गृह मन्त्रालयको चेतावनी : निषेधित क्षेत्र तोडे सह्य हुँदैन, कारवाही हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने तयारी गरेको राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई गृह मन्त्रालयले चेतावनी दिएको छ ।

राप्रपाको प्रदर्शनको पूर्वसन्ध्यामा शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्न नहुने जनाएका छन् ।

‘यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’