गृह र परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूत थम्पसनको भेट

गृह र परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदूत थम्पसनको भेट


काठमाण्डु-गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग अमेरिकी राजदूत डिन आर थम्पसनले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिए ।

नेपालको सामाजिक र आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधै इच्छुक रहेको भन्दै अमेरिकी राजदूतले एसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरे ।

उनले एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैँ सहयोग हुने अपेक्षा पनि रहेको जनाए ।

अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न तत्पर रहेको अमेरिकी राजदूतले जनाए ।

नेपाल र अमेरिकाकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको चर्चा गर्दै मन्त्री लेखकले लोकतन्त्र, मानवअधिकार, कानुनी शासन लगायतका विषयमा दुबै देशको साझा धारणा रहेको बताए ।

जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने अपेक्षा रहेको पनि गृहमन्त्री लेखकले बताए ।

यसैगरी अमेरिकी राजदूत थम्पसनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा राजदूत थम्पसनले मन्त्री राणालाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री देउवा र राजदूत थम्पसनबिच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विभिन्न सहयोग सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।