गृहमन्त्री लेखकले गरे तीनकुने क्षेत्रको अनुगमन

गृहमन्त्री लेखकले गरे तीनकुने क्षेत्रको अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको तोडफोडबाट भएको क्षतिको अनुगमन गरेका छन् ।

शनिबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई साथमा लिएर गृहमन्त्री लेखक तीनकुने क्षेत्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री लेखकले राजावादी समूहले गरेको भौतिक आक्रमणको निन्दा गरे ।

प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र गाडीमा आगजनी गरेका थिए । प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

यस्तै समाजवादी मोर्चाका नेताहरू पनि आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमन गरेका हुन् ।

अनुगमनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरू थिए ।

मोर्चाले नेकपा एसको पार्टी कार्यालयमा भएको तोडफोडको भत्र्सनासमेत गरेको छ । साथै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।