पुर्व गृहमन्त्री वस्नेत जाजरकोटबाट चुनाव उठ्ने , माओवादी केन्द्र जाजरकोटले छान्यो उम्मेदवार

पुर्व गृहमन्त्री वस्नेत जाजरकोटबाट चुनाव उठ्ने , माओवादी केन्द्र जाजरकोटले छान्यो उम्मेदवार


सहदेव वस्नेत, जाजरकोट –  नेकपा माओवादी केन्द्र जाजरकोटले सर्वसहमत रुपमा प्रदेश तथा संघको निर्वाचनका लागी  आफ्नो तर्फवाट निर्वाचनमा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । सदरमुकाम खलंगामा तिनदीन देखी जारी जिल्ला समितीको वैठकले  शनिवार प्रदेश तथा सँघको लागी उम्मेदवारको टुङ्गो लगाएको हो ।

 

 

 

वैठकले जाजरकोटवाट संघको निर्वाचनको लागी माओवादी केन्द्रको ६ नम्बर प्रदेशका इन्चार्ज एवं पुर्व गृहमन्त्री  शक्ति वहादुर वस्नेतलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ ।

 

 

त्यस्तै प्रदेशको निर्वाचणका लागी निर्वाचण क्षेत्र नं १ वाट माओवादी केन्द्र जाजरकोटका जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह र क्षेत्र नं २ वाट  चर्चीत सामाजीक अभियन्ता नर वहादुर कार्कीलाई छनौट गरेको माओवादी केन्द्र जाजरकोटका संयोजक ढकवीर रानाले जानकारी दिए ।   

 

  
वस्नेत यसअघी पनि जाजरकोटबाट निर्वाचित सांसद हुन ।