बाढीपहिरो प्रभावित धादिङ र काभ्रेमा सीडीओ परिवर्तन

बाढीपहिरो प्रभावित धादिङ र काभ्रेमा सीडीओ परिवर्तन


काठमाण्डु-बाढी र पहिरोबाट अति प्रभावित धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन भएको छ ।

धादिङका सीडीओ राजेन्द्रदेव पाण्डे र काभ्रेका सीडीओ सूर्य प्रसाद सेढाइँलाई गृहमन्त्राय तानिएको हो ।

गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई धादिङ र उमेश ढकाललाई काभ्रेमा नयाँ सीडीओका रूपमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाएको भन्दै गृहमन्त्रालयले उनीहरूलाई मन्त्रालयमै तानेको हो ।