गृहमन्त्री ‘बादल’ले भरतपुर कारागारकाे अवलोकन गर्दै के भने ?

गृहमन्त्री ‘बादल’ले भरतपुर कारागारकाे अवलोकन गर्दै के भने ?


चितवन- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जेल सानो नेपाल भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला चितवन आएका थापाले जेल सानो नेपाल भएकाे बताएका हुन् ।

‘बाहिर जो समस्या छ, त्यो जेलमा पनि, त्यो सुधार गर्ने पद्धति बसाउने हामी लागेका छौँ ।’ चितवन जिल्ला कारागारको अबलोकन गदै जेल भित्र शोषण र अपराध नहोस् भनेर नयाँ योजना निति बनाउन आफुहरु लागि परेको बताए । आफु पनि चितवनको यहि जेलमा ६ महिना बसेको स्मरण गर्दै मन्त्री बादलले जेल भित्रका समस्या थाहा भएको भन्दै जेल सुधार कार्यक्रम लागु गर्ने बताएका छन् ।

‘जेलमा दुई थरिका कैद छन् उनले भने एउटा अपराध गरेर, फसाईएका वन्दी छन्, जेल कारागारलाई सरकार र राज्यले सुधार गरेर सम्भ नागरिक बनाउने तर्फ अग्रसर गराउछ ।’ जनताले जनताको नयाँ सरकार पाएको जिकिर गदै गृहमन्त्री बादलले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीवन्दीलाई मुक्त गर्ने ऐन संशोधन बारे गृह कार्य गरेको खुलासा समेत गरेका छन् ।