गृहमन्त्री र गृहसचिवका कारण सशस्त्रमा यस्तोसम्म भद्रगोल

गृहमन्त्री र गृहसचिवका कारण सशस्त्रमा यस्तोसम्म भद्रगोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीका कारण सशस्त्र प्रहरी बलमा बढुवा भएको तीन महिना बित्न लाग्दा समेत तिन जना एआईजी, एक दर्जन भन्दा बढी डिआईजी र एसएसपीको पदस्थापन हुन सकेको छैन् । सशस्त्र प्रहरीमा एआईजी पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल एआईजी भएको तीन महिना वितिसकेको छ ।  उनिहरुलाई अहिले संगठन प्रमुख सिंहबहादुर श्रेष्ठले अस्थायी जिम्मेवारी दिएका छन् । जसअनुसार केसी प्रशासन विभाग,थापामाई मेट्रो र पौडेललाई ऐकेडेमीको जिम्मा छ । उनिहरु तिनै जना वैशाख २१ मा डिआईजीबाट एआईजीमा बढुवा भएका थिए ।

 

त्यसैगरी डिआईजीहरु चिरन्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठको समेत बढुवा भएको दुई महिना बितिसक्दा समेत पदस्थापन भएको छैन । संगठन प्रमुख सिंहबहादुर श्रेष्ठले पदस्थापनाका  लागी पटक–पटक आग्रह गर्दा समेत मन्त्री र सचिवले चासो नदिएको स्रोतको दावी छ । “हेडक्वार्टरमा हाजिर लगाउने काम भएको छ,हामीलाई कुनै ठोस जिम्मेवारी दिइएको छैन्,खै मन्त्रीज्युले किन चासो नदिनुभएको हो हामीले वुझ्न सकेको छैनौ ।” सशस्त्रका एक डिआईजीले काठमाण्डौपाटीसंग   भने ।

 

गृहसचिव रेग्मीले त सरुवा–बढुवामा आफुले भनेका मान्छे नभएपछि कुनै पनि फाइल अघि नबढाउने र पुर्वाग्रही साध्ने व्यवहारप्रती सशस्त्रका उच्च अधिकारीहरु आजित भएका छन् । “उहाले प्रत्येक पटकको सरुवा–बढुवामा आफनो लिष्ट पठाउनुहुन्छ, आफु अनुकुलताको निर्णय भएन भने फाइल रोकेर बस्नुहुन्छ । ” सशस्त्रका एक उच्च अधिकारीले काठमाण्डौपाटीसंग भने ।

 

सशस्त्रमा एआईजी र डिआईजी मात्र होईन एसएसपी समेतले जिम्मेवारी पाएका छैनन् । एसएसपीहरु अभिकुमार खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी,राजेन्द्र अधिकारी,कुलबहादुर नेम्वाङ,विजय पण्डित,महेश श्रेष्ठ र राजेन्द्र शाक्यको समेत पदस्थापन भएको छैन । उनिहरुले एसपी हुदा कार्यरत ठाउमा नै वसेर काम गरिरहेका छन् । एसएसपीहरुको बढुवा चैत्र १५ मा भएको थियो ।

 

बढुवा भएका एआईजी,डिआईजी र एसएसपीहरुले पदस्थापनाका लागी संगठन प्रमुख श्रेष्ठसंग आग्रह गरीरहेका छन् ।  उनिहरुले बढुवा भएको धेरै समय हुदा समेत पदस्थापना गर्न नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरिरहेका छन् । सशस्त्र प्रहरी बलका चार वटा वाहिनीमा अहिले पनि एसएसपी रिक्त रहेको छ । गृहमन्त्रालयका प्रवक्ता दिपक काफ्लेलाई यसवारेमा पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन् ।   

गृहसचिव लोकदर्शन रेग्मी-