एजेन्सी – हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरु बिहीबार अमेरिकी भण्डा सहित सडकमा भरिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरुको महिनौ लामो गतिविधिलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि यसको स्वागत गर्न उनीहरु अमेरिकी झण्डा सहित सडकमा निस्किएका हुन् ।
आंशिक स्वायत्त सहरका दृश्य र भिडियो पूटेजले हजारौ प्रदर्शनकारीहरुले ट्रम्पको कदमका प्रशंसा गरेका छन् । उनीहरुले रातो, सेतो र नीलो झण्डा फहराएका छन् । ट्रम्पले बुधबार हङकङ ह्यूमन राइट्स एन्ड डेमोक्रेसी एक्टमा हस्ताक्षर गरेका थिए । उक्त कानुन हङकङको अमेरिकासँगको व्यापारको पक्षमा होस् भन्नका लागि हङकङले चीनबाट पर्याप्त मात्रामा स्वायत्तता पाओस् भन्ने उद्देश्यको रहेको छ ।
उक्त कानुनले प्रदर्शनकारी बिरुद्ध जाइलाग्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लागाउन सक्ने छ । हाउस र सिनेटले गत साता उक्त विद्येयकलाई पारित गरेको थियो । उक्त विद्येयकको प्रस्ताव गरेका सिनेटर जोस हावलीले विज्ञप्तिमार्फत भनेका छन्,“यो हस्ताक्षरले बेइजिङलाई स्पष्ट सन्देश दिएको छ कि अमेरिका एसियको सबै भू-भागमा आधिपत्य कायम गर्ने र प्रतिबद्धता जनाइएका सन्धी तोड्ने चिनियाँ प्रयासको पक्षमा उभिने छैन ।”
विद्येयकमा भएको हस्ताक्षरप्रति चीनले कडा रुपमा आलोचना गरेको छ । यसले अमेरिका–चीन सम्बन्धमा थप क्षति पु¥याउने बताउदै चीनले यसको चर्को आलोचना गरेको हो । चिनियाँ उप विदेश मन्त्री ली युचेङले अमेरिकी राजदूत टेरी ब्रान्सटान्डलाई यो कदमले चीनको आन्तरिक मामिलामा गंभीर रुपमा हस्तक्षेप गरेको र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएका छन् ।
प्रदर्शनकारीहरुले चीनको सुपुर्दगी सम्बन्धि प्रस्तावित कानुनले चीनमा सुपुदर्गी गर्नका लागि सहज बनाउने भन्दै जुनको सुरुमा हङकङकमा प्रदर्शन सुरु गरेका थिए ।
प्रतिक्रिया