वासिङटन – हङकङको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्धमा गतिरोध आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङका लोकतन्त्र समर्थकको पक्षमा पारित गरेको कानुनमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पको यो कदमले चीन भड्किएको छ । अमेरिकालाई धम्की दिँदै चीनले आफू यस बिरुद्धमा कदम उठाउने चेतावनी दिएको छ । यो घृणित खालको कदम भएको र भयावह उद्देश्यको भएको बेइजिङले बताएको छ ।
चीनको विदेश मन्त्रालयले यसको प्रतिकारात्मक नीति आउने बताएको छ । उसले अमेरिकालाई दुष्ट उद्देश्यको भएको जनाएको छ ।
अमेरिकी निर्णय गम्भीर हस्तक्षेप भएको र यो असफल हुने विदेश मन्त्रालयले जनाएको छ ।
हाल ट्रम्प चीनसँग सम्झौता होस भन्ने पक्षमा रहेका छन् । दुई देशबीच चलिरहेको व्यापार युद्धको अन्त्यका लागि उनले चीनसँग सम्झौता गर्ने लक्ष्य रहेको बताएका छन् ।
यो विषयमा हङकङको सरकारले पनि प्रतिक्रिया दिएको छ । अमेरिकी कानुनले गलत सन्देश दिने र यसले समस्या समाधानम सहयोग नपुर्याउने उसले जनाएको छ ।
ट्रम्पले यो भन्दा पहिले उनले कानुनमा हस्ताक्षर गर्ने विषयमा आपूm प्रतिबद्ध नभएको बताएका थिए । उनले आफू हङकङको साथमा रहेको र सी पनि आफ्नो अविश्वसनिय मित्र भएको बताएका थिए ।
यद्यपि यको कानुनमा व्यापक कंगे्रसनल समर्थन रहेको छ । यसको अर्थ यदी उनले मतदान गरेपनि विद्यायकहरुले उनको निर्णय उल्टाउन विषयमा सम्भावित रुपमा मतदान गर्न सक्नेछन् ।
प्रतिक्रिया