काठमाण्डु– हङकङसँगको एक दिवसीय यू–१९ सिरिज नेपालले जितेको छ ।पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको हो ।
लगातार २ खेल जितेको नेपालले सिरिज हात पार्यो । मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रन बनाउदै अल आउट भयो ।
हङकङका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकिया र आरेज डरले १४–१५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका दयानन्ड मण्डलले ४, अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुईदुई र नरेन भट्ट र सन्तोष यादवले एकएक विकेट लिए त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो ।
कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलि ४१ रनमा आउट भए । बलिङमा डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए ।
प्रतिक्रिया