हङ्कङले नेपाललाई दियो १०५ रनको लक्ष्य

हङ्कङले नेपाललाई दियो १०५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो ।

हङ्कङ्का लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।