सन्दीप जोराको कप्तानीमा नेपालले ‘हङकङ सिक्सेस’ प्रतियोगिता खेल्ने

सन्दीप जोराको कप्तानीमा नेपालले ‘हङकङ सिक्सेस’ प्रतियोगिता खेल्ने


काठमाण्डु-नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा आयोजना हुने हङकङ सिक्सेस प्रतियोगितामा सहभागी हुने खेलाडी टिम र प्रशिक्षक घोषणा गरेको छ ।

आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने यो प्रतियोगिता लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टिममा सहभागी हुने अन्य खेलाडीमा लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रसिद खान छन् । टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई राखिएको छ ।

यो प्रतियोगितामा नेपालसँगै अष्ट्रेलिया, इङल्यान्ड, साउथ अफ्रिका, न्युजिल्याण्ड, हङकङ, भारत, पाकिस्तान, युएई, श्रीलंका, बंगलादेश र ओमान सहभागी छन् ।

नेपाल इङल्यान्ड र अस्ट्रेलिया रहेको ग्रुप ‘बी’मा छ । जहाँ इङल्यान्डसँग नोभेम्बर १ र अस्ट्रेलियासँग नोभेम्बर २ मा प्रतिस्पर्धा गर्नेछ ।
यो प्रतियोगितामा पाँच–पाँच ओभरको खेल हुनेछ । एउटा टिममा ६ जनाले खेल्न पाउनेछन् ।