सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सिकलसेल उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गरेका हुन् ।

मन्त्रिस्तरीय निर्णय गरेअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने भएको छ ।

थारु बहुल क्षेत्र र समुदायलाई पायक पर्ने गरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट करीब १२ प्रतिशत नागरिक प्रभावित भएको मन्त्रालयको आकलन छ ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत भूभागमा बसोबास गर्ने थारु समुदायका नागरिक सिकलसेल एनिमियाबाट बढी प्रभावित भएको पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम हाल सरकारले यस रोगको उपचारका लागि १ लाखसम्म निःशुल्क खर्चको व्यवस्था गरेको छ ।