आमा बन्नबाट बञ्चित महिलालाई अस्पतालले दियो साढे ८ करोड क्षतिपूर्ति

आमा बन्नबाट बञ्चित महिलालाई अस्पतालले दियो साढे ८ करोड क्षतिपूर्ति


लन्डन – बेलायतमा एक महिला अस्पतालको गल्तीले आमा बन्न नसक्ने भएकि छन् । अब उनलाई सरोगेसीबाट आमा बन्नका लागि अस्पतालले साढे ८ करोड रुपैयाँको जरिवाना तिर्नुपर्ने भएको छ । महिलाले पुनरावेदन अदालतबाट मुद्धा जितिसकेकि छन् ।

यसपछि यो मुद्धा सर्वोच्च अदालत पुगिसकेको छ । बेलायतमा कैयौ किसिमका बन्देजका कारण महिला अमेरिकाको क्यालिफोर्नियामा सरोगेसी प्रविधिको माध्यमबाट ४ बच्चाको आमा बन्न चाहन्छिन् ।

सका लागि उनले भिटिङटन अस्पतालबाट मुआब्जाको माग गरेकी छन् । अस्पतालको लापरवाहीका कारण उनी ४ वर्षसम्म क्यान्सरको सुरुवाती लक्षण फेला पर्न सकेको थिएन । उपचारमा ढिलाई गरेकै कारण शल्यक्रियाको सट्टा रेडियो किमोथेरापी गर्न बाध्य भएको र अब उनी आमानै बन्न नसक्ने अवस्थामा पुगेकि हुन् ।

विशेषज्ञका अनुसार सरोगेसी प्रविधिमा यस किसिमको विवाद निक्लिएको यो पहिलो घटना हो । यस्तो अवस्थामा विश्वभरीका चिकित्सा विज्ञहरुको ध्यान सर्वोच्च अदालततर्फ गएको छ । भविष्यमा यस किसिमको विवादमा पनि यो फैसला  एक नजिरको रुपमा बस्न सक्ने आँकलन गरिएको छ ।