गर्मीयाममा लाग्न सक्छ यस्ता रोग, स्वस्थ रहन के गर्ने ?

गर्मीयाममा लाग्न सक्छ यस्ता रोग, स्वस्थ रहन के गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गर्मीयाम र वर्षायाम सुरु भएसँगै मानव शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छन् । वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् । मौसम अनुसारको दैनिकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ ।

त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने कुरामा सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाई छ । गर्मीमा धेरै पसिना आउनाले अथवा शारीरिक क्रियाकलाप बढी हुनाले डिहाइड्रेसनको समस्या हुन्छ । टाउको दुखाइ, थकान, घाँटी अथवा ओठ सुक्नु, पिसाबको रङ्ग परिवर्तन हुनु, हात खुट्टाको दुखाइ, रिङ्गटा लाग्नु आदि डिहाइड्रेसनका लक्षणहरू हुन् ।

डिहाइड्रेसनबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । काममा व्यस्त हुनुहुन्छ भने पनि कामको बीचबीचमा पानी पिउनुपर्छ । व्यायाम गरिरहनु भएको छ भने पनि प्रत्येक बीस मिनेटपछि पानी पिउनुपर्छ । हरेक दिन कम्तीमा ४-५ ग्लास कागती पानी पिउनुपर्छ ।

गर्मीमा फुड प्वाइजन हुने सम्भावना पनि उत्तिकै हुन्छ। गर्मी मौसममा थुप्रै खानेकुराहरूमा ब्याक्टेरियाहरू चाँडै फैलिने भएकाले धेरैजनालाई गर्मीमा प्वाइजन हुन सक्छ। बान्ता आउने, रिङ्गटा लाग्ने, ज्वरो, डायरिया, टाउको दुखाइ, शरीर दुखेको छ भने फुड प्वाइजन भएको हुनुपर्छ ।

गर्मी मौसममा स्वास्थ्यमा पर्न सक्ने समस्याहरु :
-धेरै पसिना आउने
-गर्मी अति नै हुँदा ‘हाइपरथर्मिया’ बिमारी हुनसक्ने
-वाकवाकी लाग्ने
-टाउको दुख्ने
-रिँगटा लाग्ने
-आँखा पाक्ने वा हेर्न कठिनाइ हुने
-ज्वरो आउने
-छालालाई तापक्रम सन्तुलित बनाउन समस्या हुँदा निकै रातो हुने
-गर्मीयाममा स्वस्थ्य रहन के गर्ने ?

यसका साथै गर्मीयाममा हलुका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागी सनग्लासको प्रयोग गर्ने, छालाको सुरक्षाको लागी सनइस्क्रिन क्रिमको प्रयोग गर्न सकिन्छ । साथै घाममा छाता ओडेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैसँग बोकेर हिँड्ने जस्ता उपायहरु अपनाउन सकिन्छ ।

दही, मोही वा लस्सी, ताजा कागतीको रस मिसाएको पानी , बेलको सर्बत आदि पनि उत्तिकै उपयोगी छन् । त्यस्तै टमाटर, प्याज, मूला, काँक्रो, गाजर मिलाइएको सलाद, झोलयुक्त रसदार खानेकुराहरू पनि खाने बानी बसाल्नुपर्छ ।

ताजा पुदिनाको चटनी, सुखा पापड, अदुवा, लसुन, हरियो खुर्सानी ‘गर्मी काट्ने’ राम्रा खाद्यपदार्थ हुन । पानी उमालेर पिउने गर्दा पनि गर्मीयामका ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ ।

यो मौसममा झाडाबान्ता, आउँ, जन्डिस हेपाटाइटिस, टाइफाइड, जुका, मलेरिया फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी अत्यन्त आवश्यक रहने चिकित्सकको सुझाव छ ।