हिजो क्यानडाबाट फर्किएका रमेश र शर्मिला आज होटलमा मृत भेटिए

हिजो क्यानडाबाट फर्किएका रमेश र शर्मिला आज होटलमा मृत भेटिए


काठमाण्डु– काठमाडौं सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको पुष्टि भएको छ । सिनामंगलको जन्मभूमि होटलको बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा मृत भेटिएका २ जना श्रीमान्–श्रीमती रहेको खुलेको हो ।

सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी आज बिहाँन साढे ७ बजे कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरीले होटलबाट दुवैको पासपोर्ट पनि फेला पारेको छ। पहिचान खुलेसँगै प्रहरीले परिवारलाई सम्पर्क गर्दा उनीहरु श्रीमान्–श्रीमती रहेको खुल्न आएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।

सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए । मृत्युको कारण खुलिसकेको छैन।