कुमारी बैंक र होटेल भिन्टाज होमबीच सम्झौता

कुमारी बैंक र होटेल भिन्टाज होमबीच सम्झौता


काठमाण्डु – कुमारी बैंक लिमिटेड र होटेल भिन्टाज होम , भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल भिन्टाज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले होटेल भिन्टाज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।