काठमाण्डु– काठमाडौँको गौशालामा रहेको बागमती होटलमा एक युवती मृत फेला परकी छिन् ।
बुधबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका घर भएकी स्वस्तिका खड्का होटलको कोठा नम्बर ३ सय ८ मा मृत फेला परेकी हुन् ।
लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो ।
प्रारम्भिक अनुसन्धानबाट पुस १६ मा उनी एक पुरुष सँग होटलमा पुगेको खुलेको छ ।
भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएका थिए ।बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो ।
घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया