काठमाण्डु- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शनिबार दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।
अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ : ०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।
सरकारले संघ र प्रदेशसभाको निर्वाचनको मिति अगामी मंसिर ४ गते तोकेको छ ।
प्रतिक्रिया