काठमाण्डु–यतिखेर नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा रहेको छ । गत शुकबार बिदाको मौका छोपेर रिलिज भएको फिल्मले ‘पूर्णबहादुरको सारंगी’लाई टक्कर दिँदै दर्शक बटुलिरहेको छ । फिल्म मेकर नीता ढुंगाना लगायतका कलाकारहरु देशभरका हलहरुमा आफै पुग्दै आएका छन् । फिल्मलाई प्रोमोट गर्न उनीहरु आज नेपालगञ्ज पुगेका छन् ।
फिल्मले आज पहिलो पटक नेपालगञ्जमा १६ पटा शो पाउदैछ भने सबै हाउसफूल रहेको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले हलमा राम्रै व्यापार गरिरहेको छ। यस फिल्मले ४ दिनमा ३ करोड ६५ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दियो।
पहिलो दिन ८० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड २० लाख ग्रस कलेक्सन गरेको थियो। आइतबार ७५ लाख र सोमबार ९० लाख कमाइ गरेको छ। मंगलबार र बुधबारको कमाई सार्वजनिक हुन बाँकी रहेको छ ।
नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। चन्द्र पन्त निर्देशित यस फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।
फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।
६ करोड लगानीमा बनेको यस फिल्मलाई तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुनेछ।
प्रतिक्रिया